कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

धनगढी खबर    

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका-५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।



बुधबार ३०, भदौ २०७८ ११:३५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस