सेती प्रयोगशालामा भएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८५ जनाको कोरोना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन भने ४ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जनाको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।