उत्पादन बढेपछि घट्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो कति ?

उत्पादन बढेपछि घट्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो कति  ?

ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।

यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।

यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको संघले रातोपाटीलाई जानकारी दियो । यसअघि, कोभिड–१९ महामारीका कारण उत्पादन घट्दा मूल्य आकासिएको थियो ।