दार्चुलामा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते

दार्चुलामा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते

दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ खेट्टेबगडमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा शैल्यशिखर नगरपालिका—९ का जगदीश साउँद र लेकम गाउँपालिकाका हर्क सिंह धामी रहेको प्रहरीले जनाएको छ । 


बुधवार बेलुकी दार्चुला सदरमुकामबाट गोकुलेश्वर तर्फ गइरहेको सु.प.प्र.७४२७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परि घाइते भएका जगदीशको अवस्था गम्भीर रहेको छ भने हर्क सिंह धामीको अवस्था सामान्य रहेको जनाइएको छ ।

गम्भीर घाइते भएका साउँदलाई कोहलपुर रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । मोटरसाइकल सडकबाट २० मिटर तल खसेको थियो ।