आज, विश्व ओजोन तह बचाउ दिवस : ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राखौ’ भन्ने नाराका साथ विश्वभर मनाइँदै

आज, विश्व ओजोन तह बचाउ दिवस : ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राखौ’ भन्ने नाराका साथ विश्वभर मनाइँदै

आज विश्व ओजोन तह बचाउ दिवस, ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राखौ’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ। सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउँदै लगेको छ ।

यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइ अक्साइडको मात्रा निरन्तर बढिरहेको विज्ञले बताएका छन् ।

सन् १८९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम शून्य दशमलव ८५ डिग्री सेन्टिग्रेडले बढेको छ । यही अवस्था रहिरहेमा सन् २०३० सम्ममा एक दशमलव ५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ सेन्टिग्रेडभन्दा माथि जानसक्ने मञ्चको अनुमान छ ।

जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ ।

वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले ० दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।