प्रेमिकालाई प्रेमीको अनौठो धम्की : कोरोना खोप लगाए ‘ब्रेकअप’

प्रेमिकालाई प्रेमीको अनौठो धम्की : कोरोना खोप लगाए ‘ब्रेकअप’

कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभर खोप अभियान सञ्चालन भइरहेको छ । सर्वसाधारणले कोरोना खोपको व्यग्र प्रतीक्षा गरिरहेका छन् । तर बेलायतमा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ प्रेमीले प्रेमिकालाई कोरोना विरुद्धको खोप नलगाउन धम्की दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम ‘मिरर यूके’मा प्रकाशित रिपोर्टअनुसार सामाजिक सञ्जाल रेडडिटमा ती युवतीले राय मागेकी छन् । कोरोनाको पहिलो डोज खोप लगाइसकेकी ती युवतीलाई प्रेमीले दोस्रो डोज नलगाउन धम्की दिएका छन् ।

ती युवतीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘प्रेमीले मलाई दोस्रो डोज खोप नलगाउन धम्की दिएका छन् । यदि दोस्रो डोज खोप लगाएमा छाडिदिने अर्थात् ब्रेकअप हुने धम्की दिएका छन् ।’ शुरूमा त ती युवतीले प्रेमीले मजाक गरिरहेका सोचेकी थिइन् तर पछि साँच्चिकै धम्की दिएको थाहा पाइन् । 

यदि कोरोनाको दोस्रो डोज खोप नलगाएमा ती युवतीको पढाइ छुट्नेछ, खोप लगाएमा प्रेमी छुट्नेछ । ती युवती दोधारमा परेकी छन् ।

त्यही भएर युवतीले सामाजिक सञ्जालमा सुझाव मागेकी छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रेमीलाई छाडेर भएपनि कोरोनाको दोस्रो डोज खोप लगाउन र आफ्नो पढाइ पूरा गर्न सुझाव दिएका छन् ।