सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना

सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ ।

बिहीबार दलका नेता दीर्घ सोडारीले सो बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरे । सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सहित र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।

प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।