नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको बताएका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको टिप्पणी गरे।
‘कानुनी रुपमा माओवादी केन्द्र नाम छ,त्यो प्रचण्ड गुट मात्रै हो, उनले भने, माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसक्यो, यहाँबाट प्रचण्ड गुट मात्रै बाहिरिएको हो।’
माओवादीको ठूलै हिस्सा प्रचण्डको पक्षमा जान नमानेको र पार्टीमा रहेको उनको तर्क छ। उनले अब पार्टीमा माधव नेपालको आवश्यकता नरहेको बताए।