धनगढीको नवजीवन अस्पतालले सुरु गर्‍यो नियमित मानसिक रोग बिशेषज्ञ सेवा

धनगढीको नवजीवन अस्पतालले सुरु गर्‍यो नियमित मानसिक रोग बिशेषज्ञ सेवा

धनगढी । धनगढीको नवजीवन अस्पतालमा अब दैनिक रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको छ । धनगढी रातोपुलमा रहेको अस्पतालमा नियमित रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको हो ।

विभिन्न बिशेषज्ञ सेवा दिदै आएको अस्पतालमा यो सेवालाई पनि नियमित बनाईएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए । 

अस्पतालमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मानसिक रोग बिशेषज्ञ सेवा उपलब्ध हुनेछ । डाक्टर साजन खड्काले यो सेवा नियमित दिने अस्पतालले जनाएको छ ।