टिकटकमा भाइरल भएको उत्तरपुस्तिकाबारे अनुसन्धान हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

धनगढी खबर    

टिकटकमा भाइरल भएको उत्तरपुस्तिकाबारे अनुसन्धान हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले अहिले सामाजिक सञ्जालमा भाइरल भएको कक्षा-१२ को उत्तरपुस्तिकाबारे छानबिन गर्ने जनाएको छ। बुधबारदेखि सुरु भएको कक्षा-१२ को परीक्षाको उत्तरपुस्तिकाको एक भिडियो यतिखेर टिकटकमा भाइरल भएको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आवश्यक छानबिन गर्ने बताए। उनले भने,‘कसले कहाँबाट भिडियो बनाएको हो,त्यस विषयमा छानबिन गरी तथ्य फेला परेमा कारबाही गर्छौं।’

उनका अनुसार अहिले त्यो भिडियो हाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन। कोरोनाले रोकिएको परीक्षा बुधबारबाट जारी छ। भौतिक उपस्थितिमै सञ्चालन गरिएको परीक्षा असोज ८ गते सकिनेछ। करिब ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ।



बिहिबार ३१, भदौ २०७८ ०५:५५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस