बैतडीको दशरथचन्दमा असोज ३ र ४ गते सार्वजनिक बिदा

बैतडीको दशरथचन्दमा असोज ३ र ४ गते सार्वजनिक बिदा

बैतडी । बैतडीको दशरथ चन्द नगरपालिकाले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले वडा नम्बर २ देहिमाण्डौंमा रहेको निङ्गाशैनी भगतवी मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरप्रमुख नरेन्द्र सिहं थापाद्धारा जारी सूचनामा भाद्र शुल्क पक्ष अनन्त चतुर्दशीका दिन लाग्ने मेलाका लागि नगरक्षेत्रमा सार्वजनिक बिदा दिईएको उल्लेख छ ।