नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक

धनगढी खबर    

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक

धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा तत्कालीन नेकपा र पछि नेकपा एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको हो ।



बिहिबार ३१, भदौ २०७८ ०७:०४ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस