चीनबाट खरीद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आउँदै

चीनबाट खरीद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आउँदै

आज सरकारले चीनसँग खरीद गरेको ४४ लाख मात्रा कोभिड १९ विरुद्धको भेरोसेल खोप काठमाडौं आउँदैछ । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकि रहेको ४४ लाख डोज खोप आज आउन लागेको हो ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोप आए लगत्तै प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने सरकारी तयारी छ । अब थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि ल्याउने तयारी छ ।