रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनगढीमा एक जनाको मृत्यु

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनगढीमा एक जनाको मृत्यु

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको वडा नम्बर २ का ३० वर्षीय टेकबहादुर बोहराको मोटरसाइल दुर्घटना हुँदा मृत्यु भएको हो ।

६ लेन सडकअन्तर्गत उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा पार्किङ गरी राखेको ना ४ ख ३४२५ नम्बर ट्रकसँग से ४ प ८७३ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार गोदावरी नगरपालिका वडा नम्बर २ कै रामबहादुर पाल घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक दीपक भट्टलाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।