एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माधव नेपाल

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।

काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयकाे उद्‍घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो ।

नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि  दाबी गर्नुभयो।

यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गर्नुभयो।