कैलालीमा विद्यालय सञ्चालनलाई निरन्तरता दिइने, यस्तो छ सिडिओ को आदेश ?

कैलालीमा विद्यालय सञ्चालनलाई निरन्तरता दिइने, यस्तो छ सिडिओ को आदेश ?

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा विद्यालय सञ्चालनलाई निरन्तरता दिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक आदेश जारी गर्दै नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि बमोजिम शैक्षिक संस्थाहरु सञ्चालनमा निरन्तरता दिने जानकारी दिएका हुन ।

यसअघि भाद्र १८ गतेदेखि असोज १ गते सम्मका लागि शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । भने जनस्वास्थ्यका मापदण्ड पालना नभएको पाइएमा सो विद्यालय तत्काल बन्द गरिने आदेशमा उल्लेख थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्दै जिल्लामा शैक्षिक संस्थाहरु सञ्चालन गर्न दिने कैलाली प्रशासनले जनाएको छ । 

No description available.