कञ्चनपुरकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु

कञ्चनपुरकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए ।