नेपालको खराब ब्याटिङ, प्रमुख तीन ब्याट्सम्यान आउट

नेपालको खराब ब्याटिङ, प्रमुख तीन ब्याट्सम्यान आउट

आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । ओमानको अल अमिरात मैदानमा नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको थियो ।

टिमको स्कोरमा ५ रन हुँदा शून्यमा इनफर्म ब्याट्सम्यान आसिफ शेखका रुपमा नेपालले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलबीच ५१ रनको साझेदारी भयो । भुर्तेल ३६ रन बनाएर ५६ को स्कोरमा आउट भए ।

भुर्तेलपछि मैदानमा आएका अर्का इन्फर्म ब्याट्सम्यान रोहित पौडेल पनि २ रन बनाएर टिमको स्कोर ६३ रन हुँदा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारी अहिले क्रिजमा छन् । ओमान भ्रमणमा सफल रहेका पौडेल, भुर्तेल र शेख आउट भएसँगै नेपालको ब्याटिङ संघर्षपूर्ण देखिएको छ ।