धनगढीमा थारु सांस्कृतिक संग्रहालय स्थापना

धनगढीमा थारु सांस्कृतिक संग्रहालय स्थापना

धनगढी । धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ । उप-महानगरपालिका वडा नम्बर ७ पटेला गाउँमा स्थापना गरिएको पटेला थारु सांस्कृतिक संग्रहालयको शुक्रबार उप-महानगरपालिकाका प्रमुख नृप बहादुर वड, उपप्रमुख शुसिला मिश्र भट्ट र वडा अध्यक्ष सीताराम रानाले संयुक्त रुपमा उद्घाटन गरेका छन । 

संग्रहालयको उदघाटन गर्दै उपप्रमुख भट्टले थारु कलासंस्कृतीको जगेर्ना गर्न संग्रहालयले महत्त्वपूर्ण भुमिका खेल्नै भन्दै संग्रहालय हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जाती बारे विभिन्न जानकारी दिन सहयोग पुर्‍याउने बताइन् । 

कार्यक्रममा नगर प्रमुख वडले ९८ प्रतिशत थारु जातीको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु संग्रहालय स्थापना हुनु आफैमा गर्वको कुरा रहेको बताए । उनले धनगढी बजारबाट नजिकै रहेको संग्रहालय हेर्न आउने वातावरण बनाउन आफुले सक्दो सहयोग गर्ने बताउदै पटेला गाउँमा होमस्टे निर्माणका लागि उपमहानगरपालिकाले पहल थाल्ने बताए ।

थारु जातिको विभिन्न रहन सहन, सांस्कृतिक झल्कने लुगा कपडा, पुराना गरगहना लगायत सामाग्रीहरु संग्रहालयमा राखिएका छन् ।