धनगढीको ग्लि एकेडेमीका विद्यार्थीद्धारा जनचेतना स्वरुप मास्क वितरण

धनगढीको ग्लि एकेडेमीका विद्यार्थीद्धारा जनचेतना स्वरुप मास्क वितरण

धनगढी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धनगढीको ग्लि एकेडेमीका विद्यार्थीहरुले मास्क वितरण गरेका छन । धनगढीको बसपार्क र रातोपुल लगायतका क्षेत्रमा विना मास्क हिड्डुल गर्ने सर्वसाधारणलाई मास्क वितरण गरिएको इन्ट्रेक्ट क्लब अफ ग्लिका अध्यक्ष कबिर चन्दले जानकारी दिए ।

कोरोना संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रम स्वरुप मास्क नलगाई हिड्डुल गर्ने सर्वसाधारण र यात्रुहरुलाई लक्षित गरि मास्क वितरण गरिएको हो । महिनौं लामो लकडाउनको अत्त्यासपुर्ण समयपछि अहिले कोरोनाको संक्रमण कम भएसँगै विद्यालय आउन पाउँदा आफुहरु उत्साहित भएको उनीहरु बताउँछन ।

No description available.

विद्यालय भौतिक उपस्थितीमा सञ्चालन हुँदा आफुहरु खुशी भएको र अर्को तर्फ पुनः संक्रमण फैलिन सक्ने भन्दै डर समेत रहेको इन्ट्रेक्ट क्लब अफ ग्लिका अध्यक्ष चन्दले बताए । सोही अवस्थालाई ध्यानमा राख्दै विद्यालयको संयोजनमा कोरोना संक्रमणदर फेरी नबढोस् भन्ने उद्देश्यका साथ मास्क वितरण गरिएको उनले बताए।