शनिबार सेती प्रयोगशालामा भएको परिक्षणमा थप ३८ जनामा कोरोना पुष्टि

शनिबार सेती प्रयोगशालामा भएको परिक्षणमा थप ३८ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७६ जनाको नमूना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमित निको भई घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन । हाल अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ७ जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।