नवनियुक्त अर्थमन्त्री तामाङ्गद्धारा सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण

नवनियुक्त अर्थमन्त्री तामाङ्गद्धारा सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण

कञ्चनपुर । नव नियुक्त सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारा लामा तामाङले सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री लामा तामाङ पद ग्रहण गरेको दोस्रो दिन बिहानै सहिद गोविन्द गौतमको सम्मान स्वरूप सालिकमा माल्यार्पण गरेका हुन् ।

मन्त्री तामाङसँगै पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले पनि सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पण पश्चात् मन्त्री तामाङले सहिदका बुवालाई पनि दोसल्लाले सम्मान गरेका थिए ।

२०७३ फाल्गुन २६ गते सीमा विवादमा भएको झडपमा भारतीय प्रहरीको गोली लागेर शहीद गौतमले सहादत प्राप्त गरेका थिए ।