कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सम्मानित

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सम्मानित

धनगढी ।  कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा समाजसेवी पुष्पराज कुँवर सम्मानित भएका छन् । 

खासगरी कोभिड महामारी नियन्त्रण तथा नेपालको कृषि र पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै आज राजधानीमा आयोजित विशेष कार्यक्रममा व्यवसायी कुँवरलाई सम्मान गरिएको हो । 

'विश्वव्यापी कोभिड प्रभावमा उर्जा क्षेत्र, चुनौती र अवसरहरू' विषयमा  फोकस नेपालले आयोजना गरेको कार्यक्रममा कुँवरलगायत विभिन्न पेसा व्यवसायमा रही उत्कृष्ट काम गर्ने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।