क्यानले नियुक्त गर्‍यो सातै प्रदेशमा प्रशिक्षक, सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्ट

क्यानले नियुक्त गर्‍यो सातै प्रदेशमा प्रशिक्षक, सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्ट

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश १ का लागि पुष्प थापा, प्रदेश–२ मा प्रकाश शर्मा र सुनिल शाह तथा बागमती प्रदेशमा सञ्जय महर्जनलाई प्रशिक्षक नियुक्त गरेको हो ।   

रिजन प्रजुले गण्डकी प्रदेशको प्रशिक्षण सम्हाल्दा लुम्बिनी प्रदेशका लागि वसन्त शाही र जमिल अन्सारी प्रशिक्षकमा नियुक्त भएका छन् ।  

वीरेन्द्र शाही कर्णाली प्रदेशको प्रशिक्षक बन्दा सुदूरपश्चिम प्रदेशको प्रशिक्षण खेमराज भट्ट र जानकी भट्ट सम्हाल्ने क्यानले जनाएको छ ।