कांग्रेसको समन्वय विभाग सुदूरपश्चिम सदस्यमा दुर्गा कापडी नियुक्त

कांग्रेसको समन्वय विभाग सुदूरपश्चिम सदस्यमा दुर्गा कापडी नियुक्त

नेपाली कांग्रेसले दुर्गा कापडीलाई समन्वय विभागको सुदूरपश्चिम प्रदेश सदस्यमा मनोनीत गरेको छ । सुदूरपश्चिम प्रदेशमा पार्टीका शुभेच्छुक संस्थाहरूसँग आवश्यक समन्वय गर्नका लागि उनलाई मनोनीत गरिएको हो ।

नेवि संघको महाधिवेशन प्रतिनिधि केन्द्रीय सदस्यका उम्मेदवार कापडी भर्खरै सम्पन्न पार्टीको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

यस्तै उनले गाउँपालिका अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने तयारी पनि गरेका छन् ।