शनिबार सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

शनिबार सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ९२७ नमुना परिक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

निर्देशनालयका अनुसार ९९ जनाको पीसीआर परीक्षण गर्दा ४४ जना संक्रमित पाइएका छन् भने, ८ सय २८ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सुदूरपश्चिममा शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५० वर्षिय पुरूषको कोभिड संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।