चाडबाड नजिकिए सँगै धनगढीमा उपभोग्य बस्तुको मूल्य वृद्धि, बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

चाडबाड नजिकिए सँगै धनगढीमा उपभोग्य बस्तुको मूल्य वृद्धि, बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

धनगढी । चाडबाड नजिकिए सँगै धनगढी बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुने क्रम बढ्न थालेको छ  । अहिले नेपालीहरूको महान् चाड दसैँ, तिहार छठ लगायतका पर्वहरू नजिकिँदै गर्दा धनगढीका विभिन्न पसलहरूमा समानहरूको मूल्य वृद्धि भइरहेको उपभोक्ताहरूको गुनासो रहेको छ ।  

पछिल्लो समय धनगढीका बजारहरूमा अनुगमन फितलो हुँदा किराना समान, लुगा कपडा लगायतका अन्य दैनिक उपभोग्य समानहरूमा व्यापारीहरूले  मूल्य वृद्धि गर्दै आएको धनगढीमा डेरा गरी बस्दै आएका कृष्ण बोहराले गुनासो गरेका छन्  । 

स्थिानिय प्रशासन तथा निकायहरूले बजार अनुगमन नगर्दा बजारमा पसलै पिच्छे दाल, तेल, चिनी, पिठो तरकारी जन्य बस्तु लगायतका दैनिक उपभोग्य बस्तुहरू मा समेत मनोमानी ढङ्गले मूल्य निर्धारण गरिएको धनगढीका उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् ।  

यसरी, मापदण्ड वितरित गरिने मूल्य वृद्धिले उपभोक्तहरु मारमा त परेका छन् नै । चावाडमा बढी प्रयोग  हुने मिठाइजन्य बस्तुहरूमा समेत मिसावट हुनसक्ने आशङ्का गरिएको छ । 

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले बजार अनुगमन नियमित, निरन्तर गर्दै आइरहेको बताए । उनले, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आफ्नो श्रोत साधनले भ्याए सम्म धनगढीमा २ र बैतडी, डोटी, डडेल्धुरामा १/१ जना गरी ५ जना फिल्डमा खटाइएको बताए । 

कार्यालय प्रमुख दाहालले चाडपर्वको समयमा अरू समयको भन्दा आफूहरू अझ बढी सक्रिय भएर काम गर्ने बताए । चाडबाडको समयमा समान खरिद बिक्री पनि बढी हुने भएकोले यस बेला उपभोक्ता आफै पनि सजक हुन आवश्यक रेको औँल्याउँदै, 'चाडबाडको समयमा खरिद बिक्री बढी हुन्छ । हामीले अनुगमन गर्ने निरीक्षण गर्ने कार्य गरी रहन्छौँ । हामीले सक्रिय भएर मात्रै नपुग्ने भएकोले उपभोक्ताहरूले समान किन्दा प्याकेजिङको हकमा समान कहिले बनेको कहिले सम्म प्रयोग गर्न मिल्छ ? खुल्ला पाइने समानहरूमा पनि सडे गलेको, ढुसी उम्रेको छ छैन यकिन गरेर मात्रै समान किन्न आग्रह गर्छु ।' उनले भने । 

त्यस्तै, दाहालले आम उपभोक्ताहरूलाई सजग रहन र गुणस्तर हीन बस्तुहरू फेला पारे कार्यालयमा फोन, इमेल, पत्रपत्रिका जुनसुकै माध्यमबाट पनि उजुरी गरेर अनधिकृत रूपमा मूल्य वृद्धि गर्ने र गुणस्तर हीन सामग्री बेच्ने उपभोक्ताको हित विपरीत कार्य गर्ने व्यक्ति, संस्थाहरूलाई कारबाही गर्न सहयोग गर्न समेत आग्रह गरेका छन् ।