अन्तरिक्षको परिक्रमा गरेर तीन दिनपछि पृथ्वीमा फर्कियो क्रू

अन्तरिक्षको परिक्रमा गरेर तीन दिनपछि पृथ्वीमा फर्कियो क्रू

स्पेसएक्सको निजी अन्तरिक्ष यान अन्तरिक्षको परिक्रमा गरेर तीन दिन पछि पृथ्वीमा अवतरण गरेका छन् । चार अन्तरिक्ष पर्यटकहरु सफलतापूर्वक आफ्नो यात्रा पूरा गरी फ्लोरिडाको तटबाट अटलांटिक महासागरमा अवतरण गरेका छन् ।

स्पेसएक्स अन्तरिक्ष यान (क्याप्सुल) सूर्यास्त भन्दा केही समय अगाडी सागरमा अवतरण भएको थियो । उनी तीन दिन अघि यस ठाउँ नजिकैबाट अन्तरिक्षको उडान भरेका थिए । उक्त अन्तरिक्ष यान मा कोहि एक पेशेवर अन्तरिक्ष यात्री थिएनन्।

अन्तरिक्ष यात्री बिनै अन्तरिक्ष यात्रा सफल भएको यो पहिलो पटक हो ।यी अन्तरिक्ष पर्यटकहरुबाट अब जो कोही पनि अन्तरिक्ष मा जान सक्छन् भन्ने सावित गराएका छन् । स्पेसएक्सका संस्थापक एलोन मस्कले “तपाइँको अभियानले संसारलाई देखाएको छ कि अन्तरिक्ष हामी सबैको हो।”

स्पेसएक्सको पूर्ण स्वचालित ड्रयागन क्याप्सुल बुधवार राती प्रक्षेपण पछि ५५८ किलोमिटरको उचाईमा पुगेको थियो। १६० किलोमिटर पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई ओभरटेक गरेपछि यात्रुहरुले क्याप्सुलको माथिल्लो झ्यालबाट पृथ्वीको दृश्य देखेका थिए । पृथ्वीमा फर्के पछि सबै यात्रुहरु स्वस्थ र खुसी देखिएका थिए ।