संविधान दिवसको अवसरमा बैतडी कारागारबाट एक कैदी छुटे

संविधान दिवसको अवसरमा बैतडी कारागारबाट एक कैदी छुटे

बैतडी । संविधान दिवसको अवसरमा बैतडी कारागारबाट एक जना कैदी छुटेका छन् । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका जिल्लाको मेलौली नगरपालिका १ का ललित भनिने सुर्य दयाल छुटेका हुन् ।

विस २०७० साल साउन १ गते कर्तव्य ज्यान मुद्धामा जेल सजाय सुनाइएका दयालले ६६ प्रतिशत कैद भुक्तान गरिसकेका छन् । उनलाई १३ वर्ष ४ महिना कैद सजाय गरिएकोमा ८ वर्ष दुई महिना कैद भुक्तान गरिसकेका जेलर अनिल तिवारीले जानकारी दिए ।

सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएकाहरुलो कैद सजाय मिनाहा गर्ने  गरेको छ । यो वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन्।