बैतडीमा सवारी दुर्घटनामा परि घाइते भएका युवाको मृत्यु

बैतडीमा सवारी दुर्घटनामा परि घाइते भएका युवाको मृत्यु

बैतडी । सवारी दुर्घटनामा घाइते पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशीको उपचारको क्रममा आज मृत्यु भएको छ। काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो १ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

जोशीले चलाइरहेको भे ७ प ४३४५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ ज ६३४ नं को जिप गएको बुधबार दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ बेडौतीमा ठोक्किएको थियो ।

दुर्घटनामा सिकिस्त भएका जोशीलाई सोही दिन विमान चार्टर गरी नेपालगञ्ज पठाइएकोमा त्यहाँ उपचार हुन नसक्दा शनिबार काठमाडौं पठाइएको थियो।