२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण, १,४१३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

धनगढी खबर    

२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण, १,४१३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८७, मोरङमा ९३, सुनसरीमा ७२, कास्कीमा ६१, झापामा ३३, भक्तपुरमा ३२, ललितपुरमा २२, रुपन्देहीमा २१ र चितवनमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



आइतबार ०३, असोज २०७८ ०४:५३ मा प्रकाशित

#कोरोना भाइरस #संत्रमण पुष्टि #मृत्यु
Loading...

प्रतिकृया दिनुहोस