'हनिट्र्याप'मा पारेर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

'हनिट्र्याप'मा पारेर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

दाङ जिल्लाको घोराहीबाट 'हनिट्रयाप'मा पारेर ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

घोराहीको एक रेस्टुरेन्टमा बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याएका ३ जना महिलालाई  दाङ प्रहरीले पक्राउ गरेको हो।

पीडितहरूको निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा अपराधमा संलग्नहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार घटना नौलौ भएकाले संवेदनशील रुपमा अनुसन्धान अघि बढाइएको छ।