सुदूरपश्चिममा आइतबार थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा आइतबार  थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी ।  सुदूरपश्चिममा आईतबार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ८ सय १६ जनाको परीक्षण गर्दा थप ४ जनामा कोरोना पुष्टि भएको हो।

आईतबार प्रदेशमा पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको छैन । सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ३६ हजार ५ सय ८५ जनाको नमूना परीक्षण भएकोमा ४६ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म  ५ सय ८९ जनाले ज्यान गुमाइसकेको छन्।