एमालेमा अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने, ७० वर्षे उमेर हद कायमै

एमालेमा अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने, ७० वर्षे उमेर हद कायमै

पार्टीभित्र असन्तुष्टि बढेपछि नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले प्रस्ताव गरेको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो ।

यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो । त्यसको पार्टीभित्रै आलोचना भएपछि संगठन विभागले पूर्ववत व्यवस्थालाई निरन्तरता दिने खालको प्रस्ताव गरेको हो ।

त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुनक लागि ७० वर्षे उमेरहदको व्यवस्था कायम राखिएको छ ।