नेपाली सेनाद्वारा धनगढीको शिवपुरी धाम क्षेत्रमा वृक्षारोपण

नेपाली सेनाद्वारा धनगढीको शिवपुरी धाम क्षेत्रमा वृक्षारोपण

धनगढी । संविधान दिवसको अवसरमा नेपाली सेनाको ७ नम्बर युद्ध कवच गुल्म बोराडाडीले शिवपुरी धाममा वृक्षारोपण गरेको छ । सेनाको ७ नम्बर युद्ध कवच गुल्म बोराडाडीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा ७ नम्बर युद्ध कवच गुल्मका गुल्मपति मेजर रगेन थापा मगर, प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, निर्माण व्यवसायी लक्ष्मण साउद, बैकर चन्द्र साउद, जनप्रतिनिधि लगायतका व्यक्तहरुको सहभागिता रहेको थियो ।

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

No description available.