यस्तो छ आज मौसम , आंशिक देखि सामान्य बदली

यस्तो छ आज मौसम , आंशिक देखि सामान्य बदली

हाल  सुदुर पश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराई भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिम प्रदेशका एक रदुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।