आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी

आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति दुबईमा भएको खोलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो ।

चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सौरभ तिवारीले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले भने क्विन्टन डी ककले १७, अनमोलप्रित सिंहले १६, एडम मिल्ने र किरण पोलार्डले १५/१५ रन बनाए ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चहरले २ तथा जोस हाजलेवुड र शार्दुल ठाकुरले एक/एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

चेन्नईका रुतुराज गायकवाडले अविजित रहँदै ८८ रनको अर्धशतकीय पारी खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।

जितसँगैै १२ अङ्क जोडेको चेन्नई अक तालिकाको शीर्ष स्थानमा छ । आईपीएल क्रिकेटमा आज काेलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेर खेल्ने छन् । खेल बेलुका पौने ८ बजे हुनेछ ।