संसदमा एमाले सांसदहरुको नाराबाजी, बेवास्ता गर्दै सभामुखले चलाए सदन

संसदमा एमाले सांसदहरुको नाराबाजी, बेवास्ता गर्दै सभामुखले चलाए सदन

प्रतिनिधिसभाको सोमबार (आज)को बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको छ ।आजको बैठक सुरु हुनेबित्तिकै सभामुखले विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने जानकारी गराएसँगै सांसदहरु नाराबाजी सुरु गरेका हुन् ।

गत भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनका बैठकमा अवरोध गर्दै आइरहेको छ ।प्रमुख प्रतिपक्षी दल एमालेले संवैधानिक सवोृच्चता कायम गर, विभेदकारी व्यवहार बन्द गरलगायत नाराहरु लगाइरहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहेका उनीहरुले एमालेले कारबाही गरेका सांसदहरुको नाम टाँस नगरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । आजको बैठकमा सांसदहरुले आफ्नो ढंगबाट नाराबाजी गरे पनि सभामुख सापकोटाले कार्यसूचीअनुसार बैठक चलाउने तयारीमा देखिएका छन् ।

बैठकमा विनियोजन विधेयकमाथि नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।