एमाले सांसदको विरोधका बिच विनियोजन विधेयक पारित

एमाले सांसदको विरोधका बिच विनियोजन विधेयक पारित

प्रतिनिधि सभामा विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ । सोमबार (आज) बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच सरकारले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको हो ।

गत भदौ २३ गतेदेखि निरन्तर संसदमा नाराबाजी गरिररहेको नेकपा एमालेले आज पनि बैठक सुरु हुने बित्तिकै नाराबाजी सुरु गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूची अनुसार बैठक सञ्चालन गरेका थिए । उक्त विधेयकमाथि छलफल गरी सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

आजको बैठकमा आर्थिक विधेयक २०७८ माथि छलफल सुरु भएको छ । आजको बैठकमा एमालेले विभिन्न मागसहित नाराबाजी गरिरहेको छ ।