सेती प्रयोगशालामा भएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा १६२ नमुना परिक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हाल अस्पतालमा ९ जना संक्रमित उपचाररत छन् ।

जसमध्ये ४ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यसैगरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।