एमाले स्थायी कमिटी बैठकमा तीनवटा दस्तावेजमाथि छलफल हुँदै

एमाले स्थायी कमिटी बैठकमा तीनवटा दस्तावेजमाथि छलफल हुँदै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरुभएको छ । सोमबारको एमाले स्थायी कमिटी बैठकमा पूर्व कार्यसूचीअनुरुप असोज १५, १६ र १७ गते गर्ने भनिएको विधान महाधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्यहरुले सुझाव राख्नुहुने भएको छ ।

विधान महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो आइतबार पनि स्थायी कमिटी बैठक बसेको थियो । आजको बैठकले विधान संशोधन सम्बन्धि प्रस्ताव, राजनीतिक प्रस्ताव र सांगठनिक प्रस्ताव गरी मुख्यगरी तीनवटा दस्तावेजमाथि छलफल हुने एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

तीनवटा दस्तावेजमाथि स्थायी कमिटी सदस्यहरुले आफ्नो सुझाव राख्नेक्रम अर्थात् यसमाथिको छलफल आज सकिने पनि नेता नेम्वाङले बताउनुभयो । बैठक आज दिउँसो १ बजेदेखि शुरुभएको छ ।