कैलालीमा डेढ लाखभन्दा बढी मुल्य बराबरका अवैध सामान बरामद

कैलालीमा डेढ लाखभन्दा बढी मुल्य बराबरका अवैध सामान बरामद

धनगढी । कैलालीमा सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलाली मातहतको कालाकुण्डा मातहत बिओपीबाट खटिएको टोलीले टीकापुर नगरपालिका वडा नम्बर–७ सोनाफाँटामा उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका १ लाख ६३ हजार मूल्य बराबरका कोट पाइन्टको कपडा बरामद गरेको विओपिले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको कालाकुण्डा विओपिले जनाएको छ ।