त्रिनगर भन्सार क्षेत्रमा चल्ने अटो र ई-रिक्सामाथि कैलाली ट्राफिकले बढायो निगरानी

त्रिनगर भन्सार क्षेत्रमा चल्ने अटो र ई-रिक्सामाथि कैलाली ट्राफिकले बढायो निगरानी

धनगढी । कैलालीको त्रिनगर नाका हुँदै स्वदेश फर्किने नागरिकबाट अटो तथा ई-रिक्सा चालकले चर्को भाडा असुल्न थालेपछि ट्राफिक प्रहरी कार्यालय कैलालीले निगरानी बढाएको छ । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु दसैँ तिहार नजिकिए सँगै घर फर्किन थालेका छन् ।

सोही मौका छोपी धनगढी उपमहानगरपालिका भित्र चल्ने अटो तथा ई-रिक्साले चर्को भाडा असुल्न थालेको गुनासोपछि ट्राफिक प्रहरी कार्यालय कैलालीले निगरानी बढाएको हो । भारतबाट फर्कने नेपालीहरूबाट अटो तथा ई-रिक्साहरूले नाकाबाट बसपार्क सम्म पुर्‍याएको भाडा शुल्क चर्को लिने गरेको जनगुनासो आएपछि आफूहरूले निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार त्रिनगर भन्सार क्षेत्रमा चल्ने सम्पूर्ण अटो तथा ई-रिक्सामा निर्धारित भाडा दर रेट लिस्ट यात्रुहरूले प्रस्ट रूपमा देखिने स्थानमा टाँस गर्न लगाइएको छ । भने अटो तथा ई-रिक्सा चालकलाई उक्त भाडा दर सम्बन्धी सम्झाई बुझाई गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

साथै कुनै पनि अटो, ई-रिक्सा तथा सार्वजनिक सवारी साधनहरूले तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेमा तुरुन्त १०३ वा ०९१-५२१६९९ मा टेलिफोन गर्न हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।

May be an image of 1 person, motorcycle and outdoorsMay be an image of 4 people, people standing and outdoors