सोमबार सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

सोमबार सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १५ नमुना परिक्षण गर्दा थप ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार १६९ जनाको नमुना पिसिआर परिक्षण गर्दा ३८ र ८४६ जनाको एन्टीजेन परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।