कैलालीमा संयुक्त बजार अनुगमन, रोकिएन भारतीय माछा बिक्री वितरण

कैलालीमा संयुक्त बजार अनुगमन, रोकिएन भारतीय माछा बिक्री वितरण

धनगढी । भारतबाट माछा ल्याउन प्रतिबन्ध गरिए पनि धनगढी सहितका बजारमा भारतबाट ल्याइएका माछा बिक्री गरेको भेटिएको छ ।  

सोमबार जिल्ला प्रशासन कार्यालय कैलाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा आपूर्ति, प्रहरी सहितको संयुक्त टोलीले धनगढी र अत्तरियामा अनुगमन गर्दा भारतबाट माछा ल्याइएको खुलेको हो । 

भारतबाट माछा आयात गर्न नपाइने भए पनि कतिपय व्यापारीहरूले धनगढी, अत्तरिया लगायतका बजारमा भारतबाट माछा आयात गरेर बिक्री गर्दै आएका छन् । सोही गुनासोका आधारमा धनगढीको चौराहा र अत्तरिया बजारका माछा मासु पसलमा अनुगमन गर्दा भारतबाट माछा ल्याइएको भेटिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

ती माछाहरूको गुणस्तर चेकजाँच लागि प्रयोगशालामा पठाइएको उनले बताए । साथै व्यापारीलाई इमानदार बन्न र उपभोक्तालाई सजग हुन सूचना अधिकारी जोशीले आग्रह समेत गरेका छन् ।