नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय समिति बैठक आज बस्दै

नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय समिति बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै छ । एमालेबाट अलग भएर नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल हुने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल हुनेछ । बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ ।

बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरण गर्ने एकीकृत समाजवादीको तयारी छ ।