भारतमा २४ हजार ९२५ संक्रमित थपिए, २५१ संक्रमितको मृत्यु

एजेन्सी    

भारतमा २४ हजार ९२५ संक्रमित थपिए, २५१ संक्रमितको मृत्यु

भारतमा थप २४ हजार ९२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ७४४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख १५ हजार २६९ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २५१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ४१६ पुगेको छ ।



मङ्गलबार ०५, असोज २०७८ ०८:२९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस