कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहद्वारा निर्घात कुटपिट

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहद्वारा निर्घात कुटपिट

कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्करहरुको समूहले सशस्त्र प्रहरीमाथि निर्घात कुटपिट गरेको छ । सोमबार राति ८ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका ३ जना जवानमाथि कुटपिट गरेका हुन् ।

स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए । सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको जनाइएको छ।तस्करबाट कुटिनेमा प्रहरी जवान सुदिप सुनारलगायत ३ जना रहेका छन् ।

तर सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा गरेको बताए । चोटपटक कसैलाई नलागेको उनको भनाइ छ ।

तस्करहरुको सो समूहले प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेको प्रहरीले जनाएको छ । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको बताइएको छ