धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८६ नमुना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन । भने हाल अस्पतालमा १३ जना संक्रमितको उपचार भइरहेको छ । आइसियूमा ४ जना र भेन्टिलेटरमा ३ जना संक्रमितको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।