कैलालीमा ५ वर्षदेखि फरार एकजना पुरुष पक्राउ

कैलालीमा ५ वर्षदेखि फरार एकजना पुरुष पक्राउ

धनगढी । कैलालीमा पाँच बर्षदेखि फरार अवस्थामा रहेका एकजना पक्राउ परेका छन । जिल्लाको जोशीपुर गाउँपालिका –१ का ३० वर्षीय रवि कुमार चौधरीलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हुविवाह मुद्दामा दण्ड सजाय सुनाइएका चौधरी पाँच बर्षदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । २०७३ साल चैत्र २३ गते देखि फरार चौधरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिवाना सजाय सुनाइएको थियो ।